समाजको सबैभन्दा सर्वश्रेष्ठ प्राणी मानव हो । प्राणी जीवन आफैंमा जटिल छ अध्ययन गर्न र बुझ्न पनि । विवेकशील प्राणी मानवका लागि सबै ज्ञान जान्नको लागि लालायित हुन्छ । तर हामीलाई आफ्नै शरीरबारे रोचक जानकारी थाहा नहुन सक्छ ।
रोचक तथ्यहरु :
- एक दिनमा पुरुषको टाउकोबाट ४० वटा र महिलाको टाउकोबाट ७० रौं झर्दछन् ।
- मानिसको शरीरमा रगत र नुनको अनुपात समुन्द्रमा पानी र नुनको अनुपातसँग मिल्दछ् ।
- तपाईको उचाई रातमा भन्दा बिहान बढी हुन्छ ।
- एकदिनमा मुटुले १००० पटकसम्म रगतलाई शरीरमा सञ्चार गर्दछ ।
- परेलाको रौंको आयु करीब १५० दिनमात्र हुन्छ ।
- आँखी भौमा करीब ५०० वटा रौं हुन्छन् ।
- मस्तिष्कमा एक सय अर्ब सेल हुन्छन् ।
- पकाएको खानेकुरा भन्दा काँचो खानेकुरालाई पचाउन दोब्बर चाँडो हुन्छ ।
- मानिसको हाड कंक्रिट भन्दा चार गुणा बलियो भयो ।
- जिव्रोमा भएको स्वाद कोसिकाको आयु करीब १० दिन हुन्छ ।
- मासिन जन्मँदा घुँडामा पाङ्ग्रो हुँदैन, यो २ देखि ६ वर्षको उमेरमा मात्रै विकास हुन्छ ।
- बच्चाहरु बसन्त ऋतुमा चाँडो बढ्दछन् ।
- मानिसको आँखा कहिल्यै बढ्दैन तर नाक र कान भने बढिरहेको हुन्छ ।
- हामी जन्मँदा ३०० वटा हाड हुन्छन् तर मृत्यु हुँदा २०६ वटा हाड मात्रै हुन्छन् ।
- मानवको शरीरमा २६ प्रकारका हाड हुन्छन् ।
- नङमा भएको तत्व र कपालमा भएको तत्व एउटै हुन्छन् ।
- हाच्छिउँ गर्दा मुटुको धड्कनसहित हाम्रो शरीरको सबै क्रियाकलाप बन्द हुन्छ ।
- जीव्रो हाम्रो शरीरको सबै भन्दा बलियो मांसपेशी हो ।
- विशेष खालका मानिसहरु बाथरुममा एकदिनमा ६ पटकसम्म जान्छन् ।
- मुखबाट पेटसम्म पुग्न खानालाई ७ सेकेण्ड लाग्दछ ।
- बच्चाहरुमा प्रौढमा भन्दा बढी स्वाद कोसिका हुन्छन् ।
- हाच्छीउँ गर्दा नाकबाट निस्कने हावाको गति १०० माइल प्रति घण्टा हुन्छ ।
- तपाईको फिलाको मांसपेशी नै सबै भन्दा ठूलो मांसपेशी हो ।
- सबैभन्दा सानो हाड कानमा हुन्छ ।
- मानिसको शरीरलाई सोडियम क्लोराइड वा नुन होइन कि सोडियम आवश्यक पर्छ ।
- तपाईको छाला घाममा डढ्दा शरीरमा पानीको मात्रा निकै कम हुन्छ ।
- खाना भन्दा पनि पानी नै शक्तिको मुख्य श्रोत हो ।
- शरीरमा भएको पानी र तेललाई निकालिदिने हो भने कलेजोको मद्दतले अन्य अंगहरु चल्दछन् ।
- मधुमेह कि वंशाणुगत कारणले कि हाम्रो खानपानका कारणले लाग्ने रोग हो ।
- धेरै नुन भएको खानाले मधुमेहका साथै अन्य रोगहरु लाग्ने गर्दछन् ।
डा. गौतम कस्यप
पिएचडी