०७ असोज , सप्तरी – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्यको मृत्यु भएको छ । पैँतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण बिहीवार मृत्यु भएको हो ।
जसोदेवी राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दलित महिला सदस्यमा बुधवार निर्वाचित भएकी थिइन् । जितको खबरसँगै उनी गाउँटोल तथा छरछिमेकमा घुम्दै खुशी साट्दै गर्दा हृदयाघातका कारण उनको मृत्यु भएको वडा सदस्य शिवचरण मण्डलले जानकारी गराउनु भयो ।