०८ असोज , राजविराज – हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा राष्ट्रिय जनता पार्टी (राजपा) विजयी भएका छन् । राजपाका तर्फबाट प्रमुखमा निर्वाचित शैलेशकुमार साहले पाँच हजार ७२० मत प्राप्त गर्नुभयो भने निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका वीरेन्द्रकुमार माझीले चार हजार ३६५ मत प्राप्त गर्नुभयो ।
उपप्रमुखमा पनि राजपाकै सरितादेवी सिपलिया यादवले पाँच हजार ४१७ मत प्राप्त गर्नुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी सीयावतीदेवी यादवले चार हजार १९९ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।