देवी भण्डारी,
९ असोज, घोराही । समुदायमा भएको शोषन र दमनको अन्त्य नगर्दा सम्म दलित समुदायको शसक्तिकरण नहुने आज घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छ् । दलित महिला संघ जिल्ला शाखा दाङले अयोजना गरेको दाङ जिल्लामा दलित महिला माथि हुने जातीय विभेदको एवम् लैङगीक हिंसाको आस्था सरोकारवालसंग जिल्ला स्तरिय अन्तरक्रियामा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन । दलित महिला संघका अध्यक्ष युवा करारा को अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतित्थ्याता एवम् प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको विशिष्ट आतित्थ्यतामा कार्यक्रमको सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अथिति नेपालीले दलित समुदायको समस्याको समाधान गर्न कानुन बनाएरमात्र समाधान गर्न नसकिने भन्दै पहिले आफ्नो स्वभावमा परिवर्तन आग्रह गर्नुभएको थियो ।
तेस्तै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले हामीले बोलीमा मात्र परिर्वतन मिसाउने र व्यवहारमा परिन तगर्न नसक्दा नै दलितका समस्याको समाधान गर्न समस्या भएको भन्दै दलितको लागी दलित मात्र नभई हामी सबै लाग्नु पर्नेमा जोड दिनुभयो । घोराही उपमाहानगरपालिका प्रमुख नरुलाल चौधरीले समाज तथा राज्यले स्वीकार गरेको विभेदको अनत्य कसरी गर्न सकिन्छ भन्नेमा लागी पर्नु आजको आवश्यकता भएको भन्दै समाजवाट हुने शोषणको अनत्य गर्नको लागी आफुबाटै शुरुवात गर्न आग्रह गर्नु भएको छ । कार्यक्रममा जिल्ला वार एशोसिएसनका अध्यक्ष प्रदिपकुमार गौतम् , विधवा महिला सरोकार केन्द्रको अध्यक्ष हुमा डि सी , मानव अधिकार कर्मी केशव शर्मा , महिला बालबालिका कार्यलयका राम थापा ,पत्रकारहरु नविन अभिलासी , जनक नेपाली , आजाद खड्का , गिरिराज नेपाली , मुक्तकम्लहरी मञ्चकी उर्मीला चौधरी , लगाएतले बोल्नुभएको थियो । दलित महिला संघकी बविता विश्वकर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका सन्तोस चनारले गर्नुभएको थियो ।