११ असोज , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ८४ पैसा र विक्रिदर २८ रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ६७ पैसा र विक्रिदर २८ रुपैयाँ ८४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ४३ पैसा र विक्रिदर २८ रुपैयाँ ५९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ८२ पैसा र विक्रिदर २४ रुपैयाँ ९७ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १८ पैसा र विक्रिदर ९ रुपैयाँ २४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४५ रुपैयाँ ९९ पैसा छ भने विक्रिदर ३ सय ४७ रुपैयाँ ९८ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७६ रुपैयाँ ८३ पैसा र विक्रिदर २ सय ७८ रुपैयाँ ४२ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ४ रुपैयाँ ४२ पैसा र विक्रिदर १ सय ५ रुपैयाँ ०२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।