१२ असोज , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७६ पैसा र विक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५९ पैसा र विक्रिदर २८ रुपैयाँ ८५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३४ पैसा र विक्रिदर २८ रुपैयाँ ५९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ८० पैसा र विक्रिदर २४ रुपैयाँ ९४ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २० पैसा र विक्रिदर ९ रुपैयाँ २५ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४५ रुपैयाँ ४३ पैसा छ भने विक्रिदर ३ सय ४७ रुपैयाँ ४२ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७५ रुपैयाँ ९८ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ५७ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ४ रुपैयाँ ११ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ७१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।