१३ असोज , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ८७ पैसा र विक्रिदर २८ रुपैयाँ ०३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ७१ पैसा र विक्रिदर २८ रुपैयाँ ८७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र विक्रिदर २८ रुपैयाँ ६२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ७० पैसा र विक्रिदर २४ रुपैयाँ ८४ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १२ पैसा र विक्रिदर ९ रुपैयाँ १७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४५ रुपैयाँ ८२ पैसा छ भने विक्रिदर ३ सय ४७ रुपैयाँ ८१ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७७ रुपैयाँ ०३ पैसा र विक्रिदर २ सय ७८ रुपैयाँ ६२ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ४ रुपैयाँ ५१ पैसा र विक्रिदर १ सय ५ रुपैयाँ ११ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।