१४ असोज , काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट महानुभावदेखि सर्वसाधारणसम्मलाई दसैँको टीका लगाइदिने हुनुभएकाे छ ।
टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तिहरुलाई अपरान्ह २ बजे देखि ३ बजेसम्म र तथा सर्वसाधारणलाई ३ बजेदेखि शीतल निवासमा टीका लगाउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले महाअष्टमीको दिन शक्तिपीठहरुको दर्शन गर्नुभएकाे थियाे । राष्ट्र प्रमुखले दसैँको टीका लगाइदिने र शक्तिपीठहरुको दर्शन गर्ने प्रचलन छ ।