१५ असोज , काठमाडौँ – आज एकादशी तिथी । विजया दशमीको दिनमा टिका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शिवाद ग्रहण गरिरहेका छन । यो टिकाको क्रम कोजाग्रत पूर्णिमासम्म जारीनै रहने गर्दछ ।
दशैंमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमानै सकेसम्म सबै आफन्तहरूकहाँ पुग्ने गर्दछन् । आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान मानिसहरुलाई चटारो नै हुने गर्दछ ।
बडादशैंको बिजयादशमीको दिन हिजो मान्यजनहरूबाट टीका थापेर र आफन्तसँग हार्दिकता साटासाट गरेर यो पर्व मनाइएको छ । घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद आफूभन्दा ठुलाहरूको हातबाट थापेर आशिर्वाद लिने गरिन्छ ।