१५ असोज , रामेछाप – आइतबार करेन्ट लाग्दा रामेछापको दोरम्बा गाउँपालिका वडा न. ६ लखनपुरमा एकै घरका दुईजनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।
करेन्ट लागेर मृत्यु हुनेमा लखनपुर की ७२ बर्षिया टिकामाया गौतम र उनका ४५ बर्षिय छोरा बलराम गौतम रहेका छन् । घटनामा छिमेकी ५८ वर्षका लालबहादुर बस्नेत गम्भीर घाइते भएका छन् ।
आइतबार बिहान घरमा मोवाइल चार्ज गर्न लाग्दा विद्युत लाइनमा हाइभोल्जेट आएसँगै टीकामायालाई करेन्टले लागेको थियो । आमालाई करेन्टबाट छुटाउन गएका छोरा लालवहादुरलाई पनि करेन्टले लागेको हो ।
करेन्ट लागेर बेहोस भएका तीनैजनालाई स्था नीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको थियो ।
ग्राण्डी अस्पताल पुर्याउँदा डाक्टरले टीकामाया र उनका छोरा लालबहादुरलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ । अर्का घाइते लालबहादुर बस्नेतको भने ग्राण्डी अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।