१६ असोज , काठमाडौँ – बडादशै टिकाको तेश्रो दिन आज पनि मान्यजनबाट टीका जमरा थाप्न जाने गरिन्छ । टाढा रहेका र टीकाको दिन जान नभ्याएका आज टीका जमरा लगाई आशिर्वाद लिन मान्यजनकोमा पुग्ने गर्छन् ।
अहिले विहानदैखि आफनत्को टिका थाप्न नयाँ र राम्रो पहिरनमा सज्जिएर हिडेकाहरु बाटो घाटोमा देखिएका छन् । आफन्तकोमा दसैँको दिन टिका लगाउन छुटेकाले कोजाग्रत पूर्णिमा सम्मनै मान्यजनको हातबाट टिका लगाउन सक्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मान्यजनबाट टीका र जमरा लगाइन्छ ।