१७ असोज , काठमाडौँ – काठमाडौं उपत्यकामा दशैँ मनाउन गएकाहरु घर फर्कन थालेसँगै चहलपहल बढ्न थालेका छ । पसलहरु खुल्न थालेका छन् भने काठमाडौंमा गाडीहरुको चाप पनि बढ्न थालेको छ ।
मुख्य मुख्य चोकमा गाडीले पालो पर्खनुपर्ने अवस्था रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएका छन् । महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएको २४ घन्टामा मात्र ९ हजार १ सय ८ वटा गाडीमा विभिन्न नाकाबाट ६७ हजार ७ सय २५ यात्रुहरु काठमाडौं भित्रिएको जनाएको छ भने आइतबारदेखि सोमबार विहानसम्म ४९ हजार यात्रु भित्रिएकोमा सोमबारदेखि भने काठमाडौं भित्रने यात्रुको संख्या धेरै नै बढ्न थालेको जानकारी गराए ।