मानिसले आफ्नो जिवनकालका विभिन्न कालखण्डमा विभिन्न कामहरु प्लान अनुसार गर्नैपर्छ । यदि समय अनुसार आफ्नो जीवनलाई अगाडी बढाउन सके जीवन सफल हुन्छ नत्र भन्न सकिन्न ।
यी कुराहरु एउटा युवकले ३० वर्ष अगाडी गर्न सकेको खण्डमा
१ ) पैसा बचत गर्न
मानिसले अलि उमेर ढल्केपछि पैसा बचत गरौँला नि भन्ने सोच राख्छन् । तर मानिसले आफ्ना लागी चाहिने रकम ३० वर्षको उमेर देखिनै बचाउन सुरु गर्नुपर्छ । तपाईले जीवनमा जति छिटो पैसा जम्मा गर्नुहुन्छ तपाईलाई उति फाइदा हुन्छ । किनकी तपाईले आर्जन गरेर बचत गरेकै पैसाको व्याजले तपाईले जिन्दगी चलाउन सक्नुहुन्छ ।
२ ) घर
हरेक मानिसको सपना हुन्छ उसको आफ्नो घर होस भन्ने । ३० साल भन्दा अगाडी नै तपाईले यस विषयमा निर्णय लिन सक्नुपर्ने भइसक्नुभयो भने तपाइको जीवन सफलता उन्मुख हुन्छ । नत्र समय लाग्न सक्छ । तपाईले यो समयमा भाडामा नै बस्ने कि आफ्नो घर बनाउने भनेर लाग्नुभयो भने पनि प्लान बनाउन सजिलो हुन्छ ।
३ ) जीवन बीमा
जिन्दगीको कुनै भरोसा नहुने हुनाले पनि मानिसहरुले अनिवार्य रुपमा जीवन बिमा गर्ने प्रचलन पछिल्लो समय बढ्दै जान थालेको छ । तपाईले पनि ३० वर्षकै अमेरको हाराहारीमा जिवन बिमा गराउनुभयो भने यसले कालान्तरमा सजिलो हुन्छ । बिमा गर्दा फाइदा हुने खालको कम्पनीसँग गर्नुपर्छ जस्ले चाहिएको बेला आवश्यक रिण पनि दिन सकोस् । बिमा गर्नु कुनै खर्च गर्नु होइन भन्ने पनि बुझ्नुपर्छ ।
४ ) मेडिकल इन्सुरेन्स
जीवन बीमा गरेर मात्र पनि जीवनमा हुँदैन । जीन्दगीमा जतिबेला जे पनि हुन सक्ने भएकाले मेडिकल इन्सुरेन्स गर्नुपनि आजको आवश्यकता भएको छ । यदि तपाई कहीँ कतै दुर्घटनामा पर्नुभयो अथवा बिरामी हुनुभयो भने यसले तपाईलाई धेरै सहज हुनेछ । त्यसैले आफ्नो र परिवारको मेडिकल इन्सुरेन्स गरेको खण्डमा अप्ठ्यारोमा धेरै सजिलो हुन्छ ।
५ ) करियर
मानिसको जीवनमा करियरले सबैभन्दा महत्वपूर्ण अर्थ राख्छ । मानिस कुन पेशामा छ वा उसको इच्छा र रुचि केमा छ त्यसले जिवनमा ठूलो अर्थ राख्ने भएकाले करियरका विषयमा हरेकले ३० वर्ष अगाडी नै सोचेर निर्णय लिइसक्नुपर्छ । यदि आफुले चित्त नपरेको वा दबाबमा परेर गरिएका कामहरु ३० वर्ष अगाडी नै परिवर्तन गर्न सके राम्रो हुन्छ ।
६ ) अवकाशपछिको जिवन
अधिकांश मानिसले रिटायर लाइफको राम्ररी प्लानिगं गर्न सक्दैनन् । किनकी रिटायर पछिको समय पनि धेरै किसिमले महत्वपूर्ण हुन्छ । उक्त समयमा चाहिने पैसा र स्वास्थ्य अहिलेको रहनसहनले पनि अर्थ राख्छ । त्यो समयमा पैसाको सबैभन्दा बढी आवश्यकता पर्ने हुनाले आज कै दिनबाट सोच्नुपर्ने हुन्छ । किनकी त्यो समयमा छोराछोरीले पनि आफ्नो प्लानिगं गर्ने हुनाले तपाईले आफ्ना लागी चाहिने सबैकुराको जोरजाम आजबाट नै गर्नुपर्छ ।