१७ असोज ,काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार असोजको अन्तिम वा कार्तिकको पहिलो साताभित्र मोदी नेपाल आउने गृहकार्य भइरहेको जनाएको छ ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेशचन्द्र भट्टराईका अनुसार भारतीय कम्पनी सतलजको लगानीमा बन्न लागेको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्न मोदी नेपाल आउने गृहकार्य भइरहेको जानकारी दिए ।
उनी आउने मिति र कति दिन बस्ने बारेमा कुनै निर्णय भइनसकेको भट्टराईले बताए । उनले भने,‘हाम्रो प्रधानमन्त्री देउवाले राजकीय भ्रमणमा औपचारिक निम्तो दिइसक्नुभएको छ ।’ जुन कुरा प्रधानमन्त्रीमको भारत भ्रमणको समयमा जारी संयुक्त विज्ञप्तिको ४६ बुँदामा उल्लेख छ ।
मोदी प्रधानमन्त्री भएलगत्तै नेपाल आएका थिए । त्यसको तीन महिनापछि नेपालमा आयोजित १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन दोस्रोपटक मंसिर ०७१ मा काठमाडौं आएका थिए ।