२१ असोज , चितवन – मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरेको छ ।
भारतस्थित केआई नेपालका प्रतिनिधिद्वारा शुक्रबार चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको उद्धार गरिएको केआइ नेपाल चितवनकी संयोजक केमिका घिमिरेले जानकारी दिनुभयो ।
भारतको दिल्लीस्थित एक कोठीबाट उद्धार गरिएकी उनलाई भारतस्थित नेपाली दूतावाससँगको समन्वयमा आज चितवन ल्याइने घिमिरेले जानकारी दिनुभयो ।
यस्तै भारतको मुम्बइस्थित अर्काे कोठीबाट तीन बालिकाको समेत उद्धार गरिएको केआइ नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिनुभयो । उद्धार गरिएका बालिकालाई अहिले मुम्बइको एक गैरसरकारी संस्थामा पुनःस्थापना गरिएको छ । उनीहरुको ठाउँ ठेगाना भने खुल्न सकेको छैन ।
रासस