गजल
नहारौं कहिल्यै र लत्री नथाकौं
धरामा उज्यालो नयाँ याम डाकौं
थुपा¥यो भने वेदना दुख्छ बल्झी
गुनासाहरू मुल्तवी भो नराखौं
भयो भूल भन्छौ भने प्रेम गर्दा
गरौं भूल त्यस्ता हजारौं र लाखौं
छ माटो सरी पुज्य के यो धरामा
अकर्मण्य भै देवता भो नभाकौं
पुजौं जिन्दगी पौरखी पाखुराले
कुनै वादको मुख हामी नताकौं
छ यो राष्ट्रले यै अपेक्षा गरेको
उठौं फेरि उत्साहले देश हाकौं