कविता
मेरो प्रिय अलि नजिक आउ ,
मेरो हात समाउ
आज तिलाई अघाउन्जेल हेर्न देउ
सुन्दर त तिमि छदै छौ
तिमि भित्रका सुन्दरता नियाल्न देउ
के थाहा ,
यो रात जिन्दगीको,अन्तिम रात पनि हुन् सक्छ !
मेरा दुखसित संगसंगै लडीकी थियौ ,
मेरा अभावसित संगसंगै जुदिकी थियौ |
तिमि भित्रको सुन्दरताको आकलन थिएन मलाइ,
तिमिभित्रको माया र समर्पणको आंकलन थिएन मलाइ ,
हामीले संगसंगै दुख र अभावलाई सजिलै जित्न सक्यौ |
तर बिडम्बना ,
म माथि आइपरेको असाध्य रोगलाइ जित्न सारै कठिन भो !
अलि नजिक आउ प्रिय, अघाउन्जेल हेर्न देउ प्रिय |
के थाहा ,
यो रात अन्तिम रात पनि हुन् सक्छ !
हुन् त यस रोगसंग पनि मेरासाथ् संगै पिल्सियौ प्रिय
मेरा दुखाइ र पिडामा संगैसंगै पिडा खपेर,
कयौ रात बितायौ प्रिय|
मेरो जीवन मिख माग्दै ,
सबै देवी देवतालाइ भाकिकी थियौ |
सधै सधै इश्वर आराधना गरेकी छौ |
त्यसले त आज प्रत्यारोपणको लागि हस्पिटलको बेडमा छु ,
यहि दिनको प्रतीक्षा थियो, हामि सबैको
तिम्रो तपस्याले म फर्किन पनि सक्छु |
फर्के भने आइ.सी.यु. वार्डमा भेटौला प्रिय |
अलि नजिक आउ प्रिय ,
मेरो हात समाउ प्रिय |
प्रत्यारोपण सफल हुन पनि सक्छ,
नहुन पनि सक्छ प्रिय
प्रत्यारोपण सफल भए त
तिमिसंगै जीवन अघान्जेल बाच्थे ,
नभए पनि ,
म भित्रका सारीरिक पिडाबाट,
मैले सदा सदाका लागि मुक्ति पाउने छु प्रिय ,
कमसेकम,
म संग दिनदिनै मर्न त पर्दैन तिमीले,
त्यसैले प्रिय, पटक्कै दुखि नहोउ, सदा सुखी रहु |
मेरो जीवन रहे पनि, नरहे पनि |
अलि नजिक आउ प्रिय, मेरो हात समाउ प्रिय |
अघाउन्जेल हेर्न देउ,
के थाहा प्रिय,
यो रात नै अन्तिम रात हुन् सक्छ ?
पुण्डरी प्रसाद अर्याल
हाल अमेरिका