२४ असोज , काठमाडौँ – ‘कार्यस्थलमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदै छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्षको अक्टुबर १० लाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ ।
दिवसका अवसरमा यस क्षेत्रमा काम गरेका सरकारी तथा गैरसरकारी सस्थाले जनचेतनामुलक कार्यक्रम आयोजना गरेका छन् । नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको संख्या बढ्दै गएको छ । सरकारले भने मानसिक स्वास्थ्यलाई प्राथमिकतामा नराखेकाले मानसिक रोगीले भरपर्दो उपचार सेवा समेत पाउन सकेका छैनन् ।
विश्वमा ४५ करोड मानिस कुनै न कुनै किसिमले मानसिक समस्यामा रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । संगठनका अनुसार हरेक चारजना मध्य एकजनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या हुने गरेको छ ।