२४ असोज , एजेन्सी – अन्तिम पटक भनि हल्ला चलिरहेको EDV २०१९ को सर्भर असोज २४ गते मंगलबार बिहान ७ः१५ देखि डाउन भएको छ । dvlottery.state.gov रहेकाे उक्त अाधिकारिक वेवसाइट २०७४ असोज १७ गते रातको ९:४५ देखि खुलेको एक हप्ता पछि नै सर्भर डाउन भएकोले प्रयोग कर्ता निराश भएका छन् । कुनै पनि वेवसाइटको क्षमता हुन्छ, क्षमता भन्दा माथि प्रयोगकर्ताले प्रयोग गर्न खोजेमा कुनै पनि वेवसाइटको सर्भर डाउन हुन्छ ।
सन् २०१९ डाइभर्सिटी अप्रवासी भिसा कार्यक्रम वार्षिक रुपमा अमेरिकी विदेश मन्त्रालयले संचालन गर्ने एक चिट्ठा हो । यस अन्तर्गत विगत पाँच वर्षमा ५०,००० भन्दा बढी नागरिकहरु संयुक्त राज्य अमेरिका मा EDV अन्तर्गत नगएका देशहरुको नागरिकलाई छनोट गरी अमेरिकाको आप्रवासी भिसा प्रदान गरिन्छ ।