२७ असोज ,काठमाडौँ – गृहमन्त्रालयले तिहारमा राती १० बजेसम्म मात्रै देउसी तथा भैलोजस्ता विभिन्न सांस्कृतिक कार्यक्रमहरू खेल्न अनुरोध गरेको छ ।शान्ति सुरक्षालाई लक्षित गरी रातको १० बजेसम्म मात्रै त्यस्ता कार्यक्रमहरू खेल्न मन्त्रालयले अनुरोध गरेको हो । मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ ।
त्यस्तै, तिहार र छटजस्ता पर्वमा पटका तथा आतिसवाजीजस्ता प्रज्वलनशील पदार्थ प्रयोममा समेत मन्त्रालयले रोक लगाएको छ ।
संगै तिलोत्तमा नगरपालिकाले पनि सुचना जारि गर्दै जुवा तास खेल्ने, राति अबेर सम्म कार्यक्रम गर्ने , देउसी भैलो खेल्ने हरुलाई कानुन अनुसार कारबाही गर्ने जनाएको छ ।