२९ असोज , नेपालगञ्ज – नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा बाँके जिल्लाका १५ विद्यालयमा विपद् जोखिम न्यूनीकरण तथा विद्यालय सुरक्षा प्रवद्र्धन र सुदृढीकरण परियोजना सञ्चालन गरिएको छ ।
सेप्टेम्बर २०१८ सम्म सञ्चालन हुने सो परियोजनाले छनोटमा परेका विद्यालयका शिक्षक र प्रधानाध्यापक तथा सरोकारवालालाई विपद् विश्लेषण, न्यूनीकरण, नक्सांकनसम्बन्धी तालीम, विपद् जोखिम न्यूनीकरणका क्रियाकलाप, विद्यालय र समुदायबीच सम्बन्ध सुदृढीकरणमा मद्दत पु¥याउने र बाल तथा युवा क्लबको परिचालनलगायतका कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।
यहाँस्थित बाँके युनेस्केको क्लबमार्फत सञ्चालन गरिएको सो परियोजना कार्यक्रमअन्तर्गत राप्ती सोनारी गाउँपालिकाअन्तर्गतका जनप्रतिनिधि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यलाई परियोजना क्रियाकलापका विषयमा अभिमुखीकरण गराइएको छ ।
त्यसैगरी परियोजनामा समेटिएका विद्यालयका शिक्षकलाई विद्यालयमा आइपर्ने दुर्घटनाबाट बालबालिकालाई तत्काल जोगाउन प्राथमिक उपचार तालीमसमेत दिइएको छ ।
रासस