२९ असोज , बारा– पाँच दिनदेखि महिला तथा बालबालिका सेवा केन्द्रमा रहेका ६ वर्षीय बालक राजु तिवारीलाई आज प्रहरीले परिवारको जिम्मा लगाएको छ ।
महोत्तरीको जलेश्वर–५ घर भई हाल वीरगञ्ज उपमहानगरपालिका–१५ भिस्वाटोलमा डेरा गरी बस्दै आएका राजुलाई उनका बुबा छठु र आमा सुमित्राको जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक भुनेश्वर साहले जानकारी दिनुभयो ।
राजुलाई असोज २५ गते प्रसौनी गाउँपालिका–५ बाट अलपत्र अवस्थामा फेला पारी जिल्ला प्रहरी कार्यालयमा रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको थियो ।
रासस