२९ असोज , इनरुवा – सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरमा आइतबार भएको आगलागीमा रु १५ लाख बराबरको क्षति भएको छ ।
स्थानीय नारायण चौधरीको घरमा आगलागी हँुदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आगलागीमा चौधरीको दुईतले घरमा अचानक आगलागी हुँदा घरभित्र रहेका सुन, चाँदी, अन्नपात, लत्ताकपडालगायतका सामग्री पूर्णरुपमा जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो ।
रासस