३० असोज , सप्तरी – सप्तरीको राजविराज–९ स्थित मलेठका बाढीपीडित बालबालिकाका लागि खेलकुद तथा स्टेशनरी सामग्री वितरण गरिएको छ ।
चिकागो नेपाली तराई सोसाइटीले आइतबार जनसेवा राप्रावि मलेठमा अध्ययन गर्ने १५७ जना छात्रछात्रालाई कापी डटपेन, क्रिकेट खेल खेल्ने ब्याट दुई थान, बल दुई थान, दुई भलिबल, ब्याडमण्टिन, छ स्कीपिङलगायत खेलकुदका सामग्री वितरण गरेको हो ।
सो अवसरमा मारवाडी सेवा समितिका अध्यक्ष सुरेश अग्रवाल, मारवाडी युवा मञ्चका मधुसुधन कावरा, राहुल साह, सावन चौधरी र असोक ठाकुरले सोही विद्यालयका छात्रछात्राको लागि खाजाका लागि बिस्कुट, चाउचाउ, फ्रुटी, वितरण गर्नुभएको संस्थाका मधुसुधन कावराले बताउनुभयो ।
रासस