समचार
वामगठवन्धनबाट वाहिरिएका नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई नेपाली कांग्रेसको चुनाव चिन्ह लिएर गोरखा क्षेत्र नम्वर २ वाट उठ्ने निश्चित भएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेर वहादुर देउवासँग हिजो भएको वार्तामा २ नम्वर क्षेत्रमा चुनावी तालमेल गर्ने सहमति भएको हो ।
गोरखा २ नम्वर क्षेत्रमा नेपाली कंग्रेसले भट्टराईलाई सघाउने र १ नम्वर क्षेत्रमा नयाँशक्ति पार्टीले नेपाली कांग्रेसलाई सघाउने मोटामोटी सहमति भएको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ । यद्यपी औपचारिक घोषणा भने भईसकेको छैन । नयाँशक्तिले अन्य निर्वाचन क्षेत्रमा पनि कांग्रेससंग चुनावी तालमेलको तयारी गरेको छ । प्रदेश र प्रतिनीधीसभाको आगामी निर्वाचनमा नयाँशक्तिले ११ सिटको माग गरेपछि मिलाउने प्रयास भईरहेको कांग्रेसका नेताहरुले बताएका छन् ।
यसअघि वाम गढवन्धनसंग एकता गरेका भट्टराईले सिटसंख्या बाँडफाँडमा सहमति हुन नसकेपछि गठवन्धनबाट बाहिरिनुभएको थियो ।