तदनुसार अक्टोबर १७ तारिक
मेष — अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मध्याह्नपछि प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्यमा फाइदा हुनेछ।
बृष — पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ। हडबड गर्नाले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। नजिकका साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला।
मिथुन — स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। तर मध्याह्नदेखि उपलब्धिका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आफन्तहरू टाढिने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ।
कर्कट — परिबन्धले काममा बाधा पुर्याउला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ।
सिंह — विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। मध्याह्नदेखि बोली-व्यवहारमा सावधान रहनुपर्ला। भैपरी आउने खर्चले आर्थिक अभाव गराउन सक्छ।
कन्या — खर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। मध्याह्नदेखि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ।
तुला — मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट मनग्गे लाभ मिल्नेछ। ऋणमोचन हुने सम्भावना छ। मध्याह्नपछि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। आफन्तहरू टाढिनेछन्। परिस्थितिवश फजुल खर्च बढ्न सक्छ।
बृश्चिक — लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। मिहिनेत गर्दा दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। साझेदारीको लाभांश प्राप्त हुनेछ। मध्याह्नदेखि आयस्रोत बढ्नेछन्।
धनु — अस्वस्थताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। आफ्नै बेहोसीले नोक्सान पुर्याउला। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। व्यर्थैमा काम दोहोर्याउनुपर्ने स्थितिसमेत आउन सक्छ। मध्याह्नदेखि धेरैले साथ दिनेछन् भने जिम्मेवारी हात पार्ने मौका छ।
मकर — अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन्। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।
कुम्भ – व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ।
मिन — हिम्मतले काम लिँदा मनग्गे लाभ हुनेछ। पछिसम्म फाइदा हुने काम प्रारम्भ हुने समय छ। बलजफ्ती गरेर पनि चिताएको काम बनाउन सकिनेछ। नियमित काम सम्पादन हुनेछ। मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ।