०१ कात्तिक , काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र फरक हुनुपर्ने मागसहित सर्वोच्चमा दायर मुद्दाको फैसला आज (बुधबार) हुने भएको छ ।
एउटै मतपत्र हुँदा मतदाता झुक्किने भन्दै मतपत्र फरक हुनुपर्ने माग गरिएको छ । राजपा नेपालले दशैंअघि नै मतपत्र फरक गर्नुपर्ने मागसहितको ज्ञमपनपत्र निर्वाचान आयोगलाई बुझाएको थियो ।
ज्ञापनपत्रको सुनुवाइ नभएपछि राजपा नेता सर्वेन्द्रनाथ शुक्लाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
यो खबर आजको नेपाल समाचारपत्रमा छ ।