०१ कात्तिक , काठमाडौँ – नेपालीहरुको महान चाड तिहार र छठको अवसरमा नेपाल टेलिकमले सर्बसाधारणलाई विभिन्न छुट तथा बोनस दिने भएको छ।
नेपाल टेलिकमले दिएको जानकारी अनुसार जीएसएम र सीडीएमए प्रिपेड मोवाइलमा रिचार्ज गर्दा १० प्रतिशत बोनसको व्यवस्था गरिएको छ । यो अफर भने कात्तिक १ देखि १५ गतेसम्मका मात्रै लागु हुने छ ।
साथै जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याक अन्तर्गत एक सय रुपैयाँमा १ जीबी डाटा पाइनेछ । त्यस्तै ६० रुपैयाँमा ५०० एमबी डाटा उपलब्ध हुनेछ । यो अफर पनि कात्तिक १५ गतेसम्म लिइसक्नुपर्ने टेलिकमले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।