०२ कात्तिक , उर्लाबारी – मोरङको पथरी–शनिश्चरे नगरपालिका–१० मा करेन्ट लागेर गएराति एक महिलाको मृत्यु भएको छ ।
घरमै मोबाइल चार्ज गर्नेक्रममा करेन्ट लागेर ४० वर्षीया ओमकुमारी बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए ।
करेन्ट लागेर गम्भीर घाइते उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
रासस