०३ कात्तिक , काठमाडौँ – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले नेपाली काँग्रेससँग आफूहरुको चाँडै चुनावी तालमेल हुने बताउनुभएको छ ।
राजपा र संघीय समाजवादी फोरम नेपाललाई काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभामा ५५ स्थान माग गरिएको उहाँले बताउनुभयो ।
”सहमतिका लागि अब हामी अन्तिम छलफलमा जुटेका छौँ”– रिपोर्टर्स क्वलको देउसी भैलो टोलीलाई शुभकामना दिँदै उहाँले भन्नुभयो ।
ठाकुरले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्न जनता आतुर रहेको बताउँदै निर्धारित समयमा चुनाव हुनेमा आशंका नगर्न आग्रह गर्नुभयो ।
रासस