०५ कात्तिक , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ३८ पैसा र विक्रिदर २७ रुपैयाँ ५४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २५ पैसा र विक्रिदर २८ रुपैयाँ ४१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ५६ पैसा र विक्रिदर २४ रुपैयाँ ७० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १७ पैसा र विक्रिदर ९ रुपैयाँ २३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४३ रुपैयाँ ३६ पैसा छ भने विक्रिदर ३ सय ४५ रुपैयाँ ३५ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७५ रुपैयाँ ०५ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ६४ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ३ रुपैयाँ ७६ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ३६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।