०५ कात्तिक , काठमाडौँ – काठमाडौँको लैनचौरस्थित म्हपीमा अाज बिहानै गोली चलेको छ। महानगरीय प्रहरी बृत लैनचौरका प्रमुख डिएसपी दिपक पोख्रेलले गोली चलेको पुष्टि गरेका छन् ।
पोख्रेलले भने ‘बिहानै गोली चलेको छ, अनुसन्धान भइरहेको छ ।’
एक राउण्ड गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले बताए । उनका अनुसार एक जनाको खुट्टामा गोली लागेको छ। गोली लाग्नेका घाइतेको पहिचान हुन सकेको छैन । घाइतेलाई उपचारको लागि टिचिङ अस्पताल लगिएको छ ।
केही दिनअघि मात्र नयाँ बानेश्वरमा अज्ञात समूहको गोली प्रहारबाट निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको थियो ।
यो खबर आजको नेपाल समाचारपत्रमा छ ।