०५ कात्तिक , धनगढी – धनगढी–अत्तरिया सडकको राजपुर भन्ने ठाउँमा आज भएको दुर्घटनामा कञ्चनपुर जिल्ला गुलरियाका ३० वर्षीय किट्टु राजीको मृत्यु भएको छ ।
आफूनजिकै ना ४ ख ३३३९ नम्बरको बस देखेर अत्तालिएर अनियन्त्रित हुन पुगेका साइकलयात्री किट्टुुको सडकमै लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो ।
उनको टाउको कालोपत्र सडकमै ठोक्किएपछि राजीको मृत्यु भएको बताइएको छ । साइकल पछाडि बसेका धनगढीका सत्य राजी सामान्य घाइते हुनुभएको छ । प्रहरीले चालकसहित बसलाई नियन्त्रणमा लिएको छ ।
रासस