टंक सुनार
रुपन्देही ,जेठ २ । देशभर लोसेडिङ्ग अन्त्य भएर उज्यालो नेपाल अभियानको खुसियाली मनाइरहँदा रुपन्देहीको देवदहबासी भने अनियमित विद्युत कटौती र लो भोल्टेजका कारण आजित भएका छन । विना जानकारी विद्युत कटौती हुने र लाइन आएको समयमा पनि लो भोल्टेजका कारण सामान्य चिम समेत नवल्ने अवस्था रहेको स्थानियको दुखेसो छ । विद्युत प्राधिकरणको मनलाग्दीका कारण अधिकांशको घरमा रहेको फ्रिज आइरन टि.भि लगाएतका विद्युतिय उपकरण जलेको छन । विद्युत कटौतीका कारण देवदहमा सञ्चालनमा रहेका सञ्चारगृहहरु पनि समस्यामा परेको सञ्चारमाध्यमका सञ्चालकहरुले बताएका छन ।
निर्वाचनको मतपरीणाम आइरहँदा सबैको ध्यान सञ्चारमाध्यम तर्फ छ तर आफुहरु विद्युत समस्याका कारण सञ्चारमाध्यमनै बन्द गरेर बस्नु पर्ने अवस्थामा रहेको देवदह टेलिभिजनका अध्यक्ष गोविन्द ठडराइले बताउनु भयो । यस विषयमा विद्युत प्राधिकरण शित्तलनगरमा बुझ्दा ट्रान्सफर्मर कम भएर ओभरलोड भएका कारण यस्तो समस्या आएको बताएको छ । माथिल्लो निकायबाट नै समस्या समाधान गर्नु पर्ने उनिहरुको भनाई छ । तर स्थानियले भने पैसा लिएर ग्राहस्त विद्युत इन्डस्ट्रीमा दिएका कारण यस्तो आफुहरुले सास्ती खेप्नु परेको आरोप लगाएका छन । यता अर्को सरकारी सेवा प्रदायक संस्था नेपाल टेलिकमको अवस्था पनि उस्तै छ । फोन गर्दा फोन नलाग्ने, फोनमा बोलेको नबुझिने बोल्दा बोल्दै विचमै फोन काटिने समस्याका कारण स्थानिक आजित भएका छन ।
नेपाल टेलिकमको लेन लाइन फोनमा फोन नलाग्ने एडिएसलको नेट नचल्ने लगाएतका समस्याले आफुहरु हैरान परेको स्थानिय उपभोक्ता निशा चापागाईले बताउनु भयो । टेलिकमले भने विद्युत कटौतिका कारण समस्या भएको भनेर उम्कन खोजको छ । पछिल्लो समय पर्यटकिय नगरीको विकाश भइरहेको देवदहका बासिन्दाले आधारभुत सेवाहरुबाट समेत वञ्चित हुनु परेको छ ।