०६ कात्तिक , कञ्चनपुर – भारतको उत्तराखण्डको रुद्रपुरबाट छजना नेपाली युवतीको उद्धार गरिएको छ ।
पश्चिमी सीमा नाका गड्डाचौकी हँुदै वैदेशिक रोजगारको प्रलोभनमा पारी भारत पु¥याइएका सिन्धुपञ्लाचोकका युवतीको माइती नेपाल कञ्चनपुरले सीमावर्ती बजार वनवासामा रहेको मानव बेचबिखनविरुद्धको इकाइको सहयोगमा उद्धार गरिएको हो ।
रुद्रपुर प्रहरीले शंका लागेर सोधपुछ गर्दा अवैधरूपमा दिल्लीबाट तेस्रो मुलुक पठाउन लागिएको भेटिएपछि मानव बेचबिखनविरुद्धको इकाइ र माइती नेपाललाई खबर गरेका थिए । युवतीका साथबाट भारतीय प्रहरीले राहदानी र अन्य वैदेशिक रोजगारसम्बन्धी कागजपत्रसमेत फेला पारेको छ ।
उद्धार गरिएका युवतीको उमेर २० देखि २५ वर्ष रहेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो । उद्धार गरिएका युवतीहरुलाई रुद्रपुरमै राखिएको छ ।
यसैबीच, मानव तस्करीमा संलग्न तीनजनाविरुद्ध भारतको रुद्रपुरस्थित अदालतमा मानवबेचबिखन विरुद्धको मुद्दा दर्ता गरिएको संयोजक भट्टले बताउनुभयो । उहाँका अनुसार सिन्धुली टाँडीकी नानीमाया माझी, पर्साका विष्णु लोप्चन र सिन्धुपाल्चोकका सोमबहादुर गोलेविरुद्ध रुद्रपुरमा मुद्दा दर्ता गरिएको छ ।
नगद रकमसहित बालक बेपत्ता, परिवाजन चिन्तित
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ११ वर्षीय प्रकाश कठायत तिहारको टीकाको दिनदेखि बेपत्ता हुँदा परिवार चिन्तित भएका छन् । गाउँकै प्रकाश साउद र केशव बिष्टलगायतका बालकसँगै उनी बेपत्ता भएका हुन् ।
प्रकाशले घरबाटै नगद रु ७७ हजार र रु १५ हजार मूल्य पर्ने मोबाइलसमेत लगेर बेपत्ता भएकाले कसैले प्रभोलनमा पारेर बेपत्ता पारेको प्रकाशका बुबा दीपेन्द्रबहादुर कठायतले बताउनुभयो । “प्रकाशको कानमा सुनका मुन्द्रासमेत भएको उहाँले बताउनुभयो । घरबाटै भागेकै दिन दिउँसो ३ः३० मा कैलालीको अत्तरिया बजारमा छिमेकीले देखेका थिए”, उहाँले भन्नुभयो, “त्यसपछि छोराको पत्तो लाग्न सकेको छैन ।”
पैसा र सुनको मुन्द्राका लागि छोरालाई बेपत्ता बनाइएको उहाँको भनाइ रहेको छ । यसबारे सम्भावित क्षेत्रमा खोजी गर्दासमेत भेट्न नसकेपछि प्रहरीलाई खोजीका लागि आग्रह गरिएको बेपत्ता बालकका आफन्तले बताउनुभयो ।
रासस