०७ कात्तिक , काठमाडौँ – सरकारले पहिलो र दोस्रो वरीयताका सचिवलाई पाखा लगाउँदै तेस्रो वरीयताका सचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वरीयतामा पहिलो नम्बरमा रहेका शंकरप्रसाद अधिकारीलाई पन्छाउँदै गृहसचिव रेग्मीलाई मुख्यसचिवमा बढुवा गरेको हो ।
मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले ५८ बर्षे उमेरहदका कारण मंगलबार अवकाश पाउने भएपछि रिक्त हुने मुख्यसचिवमा रेग्मीलाई तीन बर्षका लागि नियुक्त गरिएको हो ।
यो खबर आजको नागरिकमा छ ।