०९ कात्तिक , काठमाडौँ – निवर्तमान भईसकेका केही सांसद्ले पदाधिकारीको हैसियतमा प्राप्त गाडी सुविधा दुरुपयोग गरिरहेको भेटिएको छ ।
निवर्तमान सभामुख, उपसभामुखसहित विभिन्न समितिका पदाधिकारीले पदीय हैसियतले प्रयोग गरेका सवारीसाधन अझै फिर्ता गरेका छैनन् ।
सचिवालयको रेकर्डमा ७ जनाले मात्र बुझाएको देखिन्छ । निवर्तमान सभामुख ओनसरी घर्तीमगर र निवर्तमान उपभासमुख गंगाप्रसाद यादव सुविधाबापत पाएको गाडी फिर्ता नगरी त्यसैमा चढेर चुनाव प्रचारका लागि गृहजिल्लातर्फ लागेका छन् ।
यो खबर आजको नागरिकमा छ ।