०९ कात्तिक , इटहरी – कृषि राज्यमन्त्री सरिता प्रसार्इंले नेपालको कृषि क्षेत्र लथालिङ्ग बन्दै गएकाले यसमा आमूल परिवर्तन नल्याई देश समृद्ध बन्न नसक्ने बताउनुभएको छ ।
राज्यमन्त्री प्रसार्इंले आज सुनसरीको इटहरीमा रहेको पूर्वाञ्चल कृषि अनुसन्धान केन्द्रको अवस्था र त्यहाँ भइरहेका कृषि अनुसन्धानका विविध विषयको स्थलगत अवलोकन गर्नुअघि केन्द्रमा आयोजित अन्तक्र्रियात्मक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मलको अभावसँगै उन्नत प्रविधिको प्रयोग र नश्ल सुधार भएका कृषिजन्य उत्पादनमा तात्विक फरक ल्याउन नसकिएको बताउनुभयो ।
“यहाँ कसबाट कमजोरी भइरहेका छन् त्यसका लागि मन्त्रालय तथा कृषि वैज्ञानिकबीच बृहत् छलफल गरेर समस्याको पहिचान गर्न जरुरी छ,” उहाँले भन्नुभयो । कृषिमा देखिएका सबैखाले समस्या समाधानका लागि इमान्दार भएर मन्त्रालयसँग बसेर निकास निकाल्न राज्यमन्त्री प्रसार्इंले कर्मचारीलाई निर्देशन दिनुभयो ।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका कार्यबाहक प्रमुख रामबली पण्डित, राष्ट्रिय भँैसी अनुसन्धान कार्यक्रम संयोजक रामबली साह, बागवानी वैज्ञानिक क्षेत्रीय कृषि अनुसन्धान निर्देशक हस्तबहादुर विष्ट, मत्स्य अनुसन्धान प्रमुख उमिता साहलगायतले अनुसन्धान केन्द्रका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
रासस