१० कात्तिक , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५८ पैसा र विक्रिदर २७ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४१ पैसा र विक्रिदर २८ रुपैयाँ ५७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १६ पैसा र विक्रिदर २८ रुपैयाँ ३२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ४३ पैसा र विक्रिदर २४ रुपैयाँ ५७ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २० पैसा र विक्रिदर ९ रुपैयाँ २५ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४२ रुपैयाँ २२ पैसा छ भने विक्रिदर ३ सय ४४ रुपैयाँ २१ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७४ रुपैयाँ २५ पैसा र विक्रिदर २ सय ७५ रुपैयाँ ८४ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ३ रुपैयाँ ४२ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ०२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।