११ कात्तिक , काठमाडौँ – बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा नेपालमा नै पहिलो पटक इ–पूजाको प्रारम्भ गरिएको छ ।
श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं संवद्र्धन समितिले आज यहाँ आयोजना गरिएको कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वाअध्यक्ष खिलराज रेग्मीले इ–पूजाको शुभारम्भ गर्दै देशमा नै पहिलो पटक इ–पूजाको शुरुआत गरेर मन्दिरले धार्मिक पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपेको बताउनुभयो ।
पूर्वमन्त्री शंकरप्रसाद कोइरालाले प्रविधिमार्फत मन्दिर विश्वभर छरिएर रहेका भक्तजनसम्म पुगेको र मन्दिरबाट पुनःनिर्माण र व्यवस्थापनको पाठ अरूले सिक्न सक्ने बताउनुभयो । मन्दिर संवद्र्धन समितिका सदस्य सचिव डा गोविन्द टण्डनले अनलाइनबाट भुक्तानी गरी रु ५०१ देखि रु एक लाख ११ हजार १११ सम्मको पूजा गर्न सक्ने व्यवस्था गरिएको बताउनुभयो ।
केही महिनामै अनलाइनमार्फत प्रत्यक्ष रुपमा पूजा गरेको दृश्यसमेत देखाउन तयारी गरिएको उहाँले जानकारी दिनुभयो । मन्दिरको वेबसाइट धधध।चबmभउगवब।यचन मा गएर पूजाका लागि फाराम भर्न सकिने बताइएको छ । इ–पूजा व्यवस्थापनको जिम्मेवारी नेपारिका टेक्नोलोजी प्रालिलाई दिइएको छ । सो अवसरमा प्रालिका दुर्गा फुयाँल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशवध्वज राणालगायतले सांस्कृतिक गतिविधिलाई आधुनिक प्रविधिसँग जोडिनुपर्ने धारणा राख्नुभयो ।
रासस