केहि दिन यता बढेको अत्याधिक गमीका कारण बजार क्षेत्रमा मानिसहरुको चहलपहलमा कमी आएको छ । उत्याधिक गर्मीका कारण मानिसहरु अत्यावसेक काम बाहेक घर बाहिर निस्कन छोडेका छन् । दिउसोमा अत्याधिक गर्मीका कारण बर्दघाट बजार प्राय सुन्य चहल पहल जस्तै देखिने गरेको छ । यसको प्रत्यक्ष असर ब्यबसायमा देखिन थालेको छ । गर्मीका कारण बजार आउने मानिसहरुको संख्या घटेका कारण आफ्नो ब्यापार ब्यबसायमा पनि कमी आएको ब्यापारीहरुले गुनासो गरेका छन् । बजारमा रहेका जुस पसल र ठेलामा भने केही भिडभाड देख सकिन्छ । बढ्दो गर्मी छल्नका लागि मानिसहरु उखुको जुस लगायत फलफुलको जुस पाईने ठाउमा भने भिड लगाउने गरेका छन् । केहि दिन यता बढेको अत्याधिक गर्मी र दिउसोको समयमा चल्ने तातो हावाको कारण मानिसहरु सकेसम्म घर वाहिर निस्कन छाडेका छन् । गर्मीकै कारण मानव स्वास्थ्यमा समेत असर देखापर्ने तथा विभिन्न रोगहरु समेत देखापर्ने गर्दछ । गर्मीको समयमा शरिरमा पानिको मात्रा कम हुनाले डिहाईड्रेसन हुने , चर्को घामका कारण छालामा ईन्फेक्सन हुने , शरिरमा थ्यौला तथा खटिराहरु आउने जस्ता समस्या देखा पर्ने भएकोले प्रशस्त पानी पिउनुपर्ने ,सकेसम्म घर वाहिर ननिस्कने र धेरैवेर घाममा नबस्न चिकित्सकले सुझाव दिएका छन् ।