१४ कात्तिक ,काठमाडौँ – नेपाल र कुवेतबीच पहिलोपटक सिधा उडान हुने भएको छ ।केवेतको निजी एयरलाइन्स वातानीय एयरवेजले कुवेत-काठमाडौं उडान भर्न अनुमति पाएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वातानीय एयरवेजलाई उडान अनुमति दिएको हो ।उक्त एयरवेजले अनुमति पाउसँगै नेपालमा २९ एयरलाइन्सले उडान गर्ने छन् ।
मन्त्रालयका उपसचिव प्रमोद नेपालले भने,
-वातानीय एयरवेजले दैनिक उडान भर्ने स्वीकृति पाएको छ ।
-केही महिनाभित्रै उडान थाल्ने योजनामा छ ।
-सिधा हवाइ उडानमा जोडिँदा त्यहाँ रहेका नेपाली कामदारलाई फाइदा पुग्ने छ ।
यो खबर आजको कारोबारमा छ ।