१८ कात्तिक , काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगकाअनुसार कानूनबमोजिम जग्गा मोहियानी हक उपलब्ध नगराई विभिन्न बहानामा सेवाग्राहीसँग रु एक लाख घुस माग्दामाग्दै आयोगको टोलीले उपसचिवसमेत रहनुभएका पोखरेललाई पक्राउ गरेको थियो ।
आयोग प्रवक्ता जीवराज पोखरेलले बिगो असुल गरी कैद सजायको मागसहित पोखरेलविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।
रासस