१९ कात्तिक , रियाद – साउदी अरेबियामा ११ जना राजकुमारसहित चारजना बहालवाला मन्त्रीहरु र दर्जनौं पूर्व मन्त्रीहरु भ्रष्टाचारविरुद्ध गठित नयाँ निकायले नियन्त्रणमा लिएको जनाइएको छ।
निकायले राजकीय आदेशमार्फत युवराज मोहम्मद बीन सलमान नेतृत्वको नयाँ समिति गठन भएको केही घण्टामै मानिसहरुलाई नियन्त्रणमा लिएको हो। साउदी प्रसारक अल अरेबियाका अनुसार सन २००९ मा आएको बाढी र सन २०१२मा मर्स भाइरस देखिएका बेलाको गतिविधिमाथि नयाँ अनुसन्धान गरिएको थियो। भ्रष्टाचार सम्बन्धी नयाँ समितिलाई पक्राउ पुर्जी जारी गर्न र यात्रा प्रतिबन्ध लगाउने अधिकार दिइएको राज्य सञ्चालित समाचार एजेन्सी एसपीएुले जनाएको छ।
एसपीएका अनुसार न्याशनल गार्ड मन्त्री राजकुमार मितेब बीन अब्दुल्लाह र जनसेना कमाण्डर एडमिरल अब्दुल्लाह बीन सुल्तान बीन मोहम्मद अल–सुल्तानलाई बर्खास्त गरिएको छ।
राजकुमार मितेब बीन अब्दुल्लाहलाई शक्तिशाली न्याशनल गार्डको प्रमुखबाट हटाइएको छ । उनलाई हटाउनुको औपचारिक कारण खुलाइएको छैन। राजकुमार मितेब दिवंगत राजा अब्दुल्लाहका छोरा हुन् र उनलाई कुनैबेला राजगद्दीको उत्तराधिकारीको रुपमा हेरिन्थ्यो।
बीबीसी