२२ कात्तिक , काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अस्थायी पार्किङस्थल निर्माणमा चरम लापरबाही भएको पाइएको छ । विमानस्थल कार्यालय अन्तर्गत रहेको विमानस्थल सञ्चालन शाखाको अनुरोधमा निर्माण भएको अस्थायी पार्किङमा जहाज राख्नासाथ पिच (कालोपत्रे) भत्कने गरेको छ । पिच पटकपटक भत्कन थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका कर्मचारी बोलाएर छलफल समेत गरिसकेको छ ।
एक पटक जहाज पार्किङ गरेर बाहिर निकाल्ना साथ पुनः पिच गर्नु पर्ने अवस्था सिर्जना भएको विमानस्थल कार्यालयका कर्मचारी बताउँछन् । विमानस्थल कार्यालय इन्जिनियरिङ माहाशाखाले करिब १५ लाख लगानीमा केही समय अगाडि निर्माण गरेको अस्थायी पार्किङको पिचमा समस्या देखिएको हो ।
कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले पिचमा समस्या देखापरेको स्वीकार गरे । तर, निर्माण जिम्मा पाएको महाशाखा प्रमुख मुरारी भन्डारीले भने ओभर लोडका कारण पिच भत्किएको दाबी गरे । निर्माण भएलगतै महाशाखाले कार्यालयलाई साना जहाज मात्रै पार्किङ गराउन भन्दै पत्रचार गरेको उनको भनाइ छ । तर, पछिल्लो सयम श्री एयरलाइन्सले ल्याएका तीनवटा जहाज त्यही ठाउँका पार्किङ गर्दा समस्या आएको उनको भनाइ छ ।
यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।