२२ कात्तिक , काठमाडौँ – पूर्व राष्ट्रपति डा.राम्बरण यादवको घर भाडा प्रकरणको ब्यङ्गयात्मक बिरोध सुरु भएको छ । भारतको नयाँ दिल्लीमा बसोवास गर्दैआएका एक यूवकले उनको घरभाडामा सहयोग होस् भन्दै चेक मार्फत चन्दा सहयोग पठाएका छन् ।
पछिल्लो पटक डा. यादव बस्ने घरका घरधनीले घर खाली गर्न एक दैनिक पत्रिकामा विज्ञापन नै छापेर १५ दिने अल्टिमेटम दिएपछि भाडाबारे चर्चा फैलिएको हो ।
पूर्व राष्ट्रपति यादवलाइृ घर भाडा तिर्न सहयोग होस् भन्दै भारतको दिल्लीमा बस्दै आएका उमेश कुमार साहले पूर्व राष्ट्रपति डा. यादवको नाममा एक हजारको चेक पठाएका हुन् ।
उनले राष्ट्रपतिको घर भाडा तिर्नका लागि चन्दा उठाउन सर्वसाधारणहरुलाई आग्रहसमेत गरेका छन् ।
साहले भारतीय स्टेट बैंकको एक हजारको चेक पठाउँदै अन्य मधेशी, आदिवासी, जनजाति, थारु र मुस्लिमहरुलाई पनि सहयोग गर्न आग्रह समेत गरेका छन् ।
यो खबर आजको न्यूज अभियानमा छ ।