२२ कात्तिक , पोखरा – जिल्लाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालीम दिन क्षेत्रीय निर्वाचन कार्यालयले आयोजना गरेको मतगणना प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ ।
दुइदिने सो प्रशिक्षणमा यस प्रदेशका नवलपरासी बाहेक १० जिल्ला तथा पाल्पा र गुल्मीका जिल्ला निर्वाचन कार्यालयका प्रमुख र अधिकृत गरी ५० जनाको सहभागिता थियो ।
यसैवीच क्षेत्रीय निर्वाचन कार्यालयले शनिबारबाट ३१७ जनालाई मतदाता शिक्षा स्वयंम्सेवकको लागि तालीम आयोजना गर्ने क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिनुभयो ।
तालीम प्राप्त स्वयंसेवकले प्रत्येक मतदान केन्द्र गएर मतदातालाई मतदान गर्ने प्रक्रियाबारे जानकारी गराउनेछन् ।
रासस