२५ कात्तिक , काठमाडौँ – नारायणगोपल चोकबाट केही समय पहिले रातारात स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको सालिक हट्यो ।
वरिपरीका सबै चकित परे । करिब एक महिना भइसक्दा पनि सालिक प्रतिस्थापन नहुँदा सर्वसाधारणले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् ।
सालिक हटेपछि नारायणगोपालको नाम लेखिएको पिल्लर उल्टो पारेर सडक छेउमा मिल्काएको तस्विर पनि सामाजिक सञ्जालमा भाइरल भयो । संगीतकर्मीबीच पनि हलचल मच्चियो ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।