२७ कात्तिक , काठमाडौँ – सरकारले मंगलबार भोलि देखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ ।
सुचना तथा सञ्चार मन्त्रालयले महनागरिपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिभिजनलाई डिजिटलमा रुपान्तरण नगर्ने सेवाप्रदायकलाई अनुगमन गरी बन्द गराउन लागेको हो ।
गाउँपालिकामा भने आउँदो बैशाख १५ सम्म प्रविधि अपग्रेड गर्ने समयसीमा छ ।सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन र प्रविधि अपग्रेडमा ध्यान दिन पनि आग्रह गरेको छ ।
यो खबर आजको कारोवारमा छ ।