२७ कात्तिक , गुलरिया, बर्दिया – भूमिसुधार तथा व्यवस्थामन्त्री डा गोपाल दहितले आफ्नो समाज र सिंगो देशको उज्ज्वल भविष्य, विकास र समृद्धिका लागि आमजनताले नेपाली काँग्रेसलाई मत दिने विश्वास व्यक्त गर्नुभएको छ ।
काँग्रेसबाट बर्दिया क्षेत्र नंं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मन्त्री दहितले मधुवन नगरपालिकाका विभिन्नि स्थानमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै विगतमा वाम पक्षमा मतदान गरेका मतदाताले पनि विकास, समृद्धिको पथमा मुलुकलाई डो¥याउने र मौलिक अधिकारको रक्षा चाहने लोकतान्त्रिक पक्षको नेतृत्व गरेको काँग्रेसलाई जनताले मत दिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आफूले चुनाव जिते जनताको मौलिक हक र पहिचानलाई ऐन कानुन बनाएर स्थापित गर्ने पनि बताउनुभयो ।
काँग्रेस बर्दिया क्षेत्र नं ३ का सभापति एंव प्रदेश सभा २ ९क० का उम्मेदवार रामचन्द्र थापाले जनताले चाहेको विकासका आकाँक्षा पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
रासस